प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
2.8K
SHARES

१९ फागुन काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र साविक प्रभु लाइफ इन्स्योरेन्सको सीईओको रुपमा नेतृत्व गरेको अनुभव छ ।

साविकको प्रभु लाइफमा सीईओका रुपमा कार्य गर्दै गर्दा साविकको महालक्ष्मी लाईफसँग मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।