एकैदिन २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २० २०८०
1.9K
SHARES

२० फागुन काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार र चाँदीको मूल्य २० रुपैयाँले बढेको हो ।गत शुक्रबार एक लाख १९ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार एकैदिन २ हजार रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य पनि आइतबार २ हजार रुपैयाँले नै बढेर एक लाख २० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।साथै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँ कायम भएको छ ।