घट्यो पेट्रोल र डिजेलको मूल्य
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २ २०८०
3.2K
SHARES
२ चैत काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट