१६ अर्बको ईभी आयात
६ चैत काठमाडौं । अहिलेको चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा ६ हजार ४९७ वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । गत वर्षको यसै अवधिमा दुई हजार २०४ वटा विद्युतीय जीप, कार तथा भ्यान आयात भएका थिए भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्म १५ अर्ब ९४ करोड १७ लाख ३५ हजार रुपैयाँका ईभी नेपाल भित्रिएका हुन् ।
यसबाट सरकारले सात अर्ब दुई करोड ५३ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सबैभन्दा बढी ५० देखि एकसय किलोवाट क्षमताका तीन हजार ५९४ विद्युतीय जीप, कार तथा भ्यान आयात भएका छन् ।यस्तै, शून्यदेखि ५० किलोवाट क्षमताका दुई हजार ७४६ विद्युतीय गाडी आयात भएका छन् ।