एकैदिन ११ अर्बले बढ्यो बैंकमा निक्षेप


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०
2K
SHARES

१९ चैत काठमाडौं ।  बैंकिङ प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म ६१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप बढेर बिहीबारसम्म ६१ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो।त्यस्तै बुधबारसम्म बैंकहरुको कर्जा प्रवाह ५० खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बढेर ५० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंकहरुको औसत सीडी रेसियो घट्दै ७९.७० प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७९.८२ प्रतिशत थियो ।