सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ प्रतिशत लाभांश दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०
2.8K
SHARES

२१ चैत काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० नाफाबाट यो लाभांश दिन लागिएको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।