अहिले त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
9.5K
SHARES

२२ चैत काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ । विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए । प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।