नेप्से २.७३ अंकले घट्यो
२२ चैत काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो ।आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।
१३ वटा उपसमूहमध्ये आठ वटाको समूहगत सूचक घटेको छ । पाँचवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।यस दिन मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ ।