सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
1.7K
SHARES

२६ चैत काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।  बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ ।