९ अंकले बढ्यो सेयरबजार, कारोबार रकम ४ अर्बमाथि


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
3.6K
SHARES

२७ चैत काठमाडौं । शेयर बजारमा करीब दोहोरो अंकको सुधार आएको छ । बजार उचालिएसँगै कारोबार रकम समेत ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.१९ अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३६.०१ अंकमा पुगेको छ ।  समग्रमा बजार बढे पनि होटल, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ०.६८, १.४६ र १.१४ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी २.७९ प्रतिशतले बढेको हो ।

आज ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९.११ रुपियाँ बराबरको कारोबार भएको छ ।  तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।  त्यस्तै आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २०.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   साताको पहिलो दिन आइतबार २२.७५ अंकले बजार बढ्दा  ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय २२.५६ रुपियाँ बराबरको करोबार भएको थियो । हिजो सोमबार भने घोडेजात्राको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।