नागढुंगा-नौबिसे सुरुङमार्गको ब्रेक थ्रू
३ वैशाख काठमाडौं । काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग दुईतर्फ जोड्ने ब्रेक थ्रू आज हुने भएको छ । ब्रेक थ्रूका लागि पूर्ण तयारी अवस्थामा छ । केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस अघि २०८० साउन २२ गते नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । यो सुरुङमार्गको सञ्चालनमा आएपछि सबैभन्दा पहिलो गाडी गुड्ने सुरुङमार्ग हुने छ । वैशाखभन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङ मार्ग ब्रेक थ्रू गर्ने योजना सरकारले लिएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिएको थियो