उठ्यो लक्ष्यको ७८.५२ प्रतिशत राजस्व


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ४ २०८१
2.6K
SHARES

४ वैशाख काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा लक्ष्यको ७८.५२ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत्र मसान्तसम्म ३ खर्ब ६७ अर्ब ९९ करोड ८१ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । विभागले यस अवधिमा ४ खर्ब ६८ अर्ब ६५ करोड ६६ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।    विभागले चैत्र महिनामा मात्रै ५७ अर्ब ५ करोड ३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ जबकी यस अवधिमा ८५ अर्ब १० करोड १९ लाख २७ हजार रपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । संकलित रकम लक्ष्यको ६७.०४ प्रतिशत हो ।

चैत्र महिनामा आयकर शीर्षकबाट १ खर्ब ७० अर्ब ७९ करोड २४ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८६.०८प्रतिशत मात्र हो । यस शिर्षकमा १ खर्ब ९८ अर्ब ४० करोड २९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।   त्यस्तै, विभागले घरबहाल कर शीर्षकबाट ६६.१७ प्रतिशत मात्रै कर संकलन भएको छ । यस अवधिमा सो शिर्षकबाट २ अर्ब ६५ करोड ८६ लाख
९९ हजार रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ७५ करोड ९३ लाख ६३ हजार रुपैयाँ मात्र संकलन भएको विभागले जनाएको छ ।

ब्याजतर्फ लक्ष्यको ६६.७६ प्रतिशत राजस्व संकलन भएको छ । यस शिर्षकमा विभागले २८ अर्ब ३७ करोड ५३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस शिर्षकमा ४२ अर्ब ५० करोड ४५ लाख १८ हजार संकलन गर्ने लक्ष्य राखेको थियो । त्यस्तै, गत चालू आवको नौ महिनामा भ्याटबाट ७८.८१ प्रतिशत राजस्वय संकलन भएको छ । यस अवधिमा यो शिर्षकमा १ खर्ब १० अर्ब ६४ करोड ८४ लाख ९२ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ८७ अर्ब २० करोड २० लाख ३६ संकलन गरेको हो । अन्तशुल्क शीर्षकबाट ७२ अर्ब ४१ करोड ४९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागको तंथ्याकमा उल्लेख छ ।

विभागले स्वास्थ्य सेवा तर्फ लक्ष्यको सर्वाधिक कम ६३.५२ प्रतिशत राजस्व संकलन भएको छ ।  यस शीर्षकबाट ४ अर्ब ९२ करोड ५८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  शिक्षा शीर्षकबाट भने लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ । विभागले शिक्षा शीर्षकबाट यस अवधिमा २ अर्ब ३७ करोड ८० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले १ अर्ब ९५ करोड ७३ लाख ७० हजार संकलनको लक्ष्य लिएको थियो । संकलित रकम लक्ष्यको १२१.४९ प्रतिशत हो ।