आज सुरक्षित कारोबार विधेयकमा दफावार छलफल हुँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ६ २०८१
1.7K
SHARES

६ वैशाख काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ । यससँगै अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।