जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
5.4K
SHARES

७ वैशाख सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको  त्रिपुरा सुन्दरी गाउँपालिका -५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरकाे बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

बस त्रिपुरासुन्दरी- ५ धारावतीबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना मा ५४ जना घाइते भएको छन्।