प्राइम बैंकको नाफा २ अर्ब ८७ करोड ८७ लाख


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
1.7K
SHARES

७ वैशाख काठमाडौं । प्राइम कमर्सियल बैंकको अधिकांश वित्तीय सूचकहरुमा सुधार देखिएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।नाफा लगायतको मुख्य सूचकहरु सकरात्मक सुधार भएका छन् । समिक्षा अवधिमा बैंकले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने १६.६६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६९ प्रतिशत बढेर ५ अर्ब ७८ करोड ८ लाख रुपैयाँ कायम भएको छ। संचालन नाफा पनि १६.६८ प्रतिशत बढेर ४ अर्ब ११ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको कुल संचालन आम्दानी ७ अर्ब १६ करोड ३३ लाख र खुद संचालन आम्दानी ६ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कायम भएको छ।गत वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको वितरणयोग्य नाफा पनि ३.९२ प्रतिशत वृद्धि भई ३१ करोड ३३ लाख रुपैयाँ कायम भएको छ। तर, बैंकको खराब कर्जा भने बढेर ४.२९ प्रतिशत पुगेको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि २ रुपैयाँ ८२ पैसाले बढेर १९ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा छ ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १० अर्ब २८ करोड १३ लाख रुपैयाँ राखेको छ ।समिक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी दोहोरो अंकले बढेको छ । बैंकको निक्षेप संकलन १६.३६ प्रतिशत बढेर २ खर्ब २ अर्ब ५४ करोड १७ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि १५.९६ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ५० करोड ९ लाख रुपैयाँ कायम भएको छ।