१८औं वर्षमा सिटिजन्स बैंक प्रवेश
७ वैशाख काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न योजना तथा कार्यक्रमहरू पनि ल्याएको छ बैंकले वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १-३१ सम्म एक महिनाका लागि लागू हुने गरी विभिन्न सेवा-सुविधामा भारी छुट तथा क्यासब्याकलगायतका योजना पनि सार्वजनिक गरेको छ ।सार्वजनिक योजनाअन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्फत एक हजार रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा एक सय ७० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यसैगरी, सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले पनि पाँच सय वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा एक सय ७० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ । त्यसैगरी, बैंकले यस योजना अवधिभर ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा दिने भएको छ । साथै, बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १ सय ५० रुपैयाँ छुट प्रदान गरिनेसमेत जानकारी बैंकले गराएको छ ।बैंकले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ६० जिल्लामा बैंकले सेवा प्रदान गरिरहेको छ ।