ग्राउन्डेड नेवानिको जहाज काठमाडौं अवतरण


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१
4.4K
SHARES

१६ वैशाख काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज नाइनएन–एकेएक्स जहाज इजरायलबाट काठमाडौं ल्याइएको छ ।इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता इजरायलमा थियो । त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड रहेको यो जहाजलाई लामो समय उडानयोग्य बनाउन नसक्दा राष्ट्रिय ध्वजाबाहक नेवानिले करोडौं आर्थिक क्षति बेहोर्नु परेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाज दुबई हुँदै शनिबार राति ९ः५६ मा अवतरण गरेको हो । इन्जिनभित्रका ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने भएको र यसका पार्टपुर्जाको अभावले मर्मतमा ढिला भएको तर्क निगमले गरेको छ ।