सुनको भाउमा भारी गिरावट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८३
304
SHARES

१३ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले घटेको छ। यससँगै आज प्रतितोला सुन २ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।