भाइरल भेलुबाजेको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २० २०८१
3.8K
SHARES
२० वैशाख काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।भेलुवाजेका ज्वाईंले बताएअनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।
उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको उनले बताए । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट