प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार गर्न वीर अस्पतालमा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
3.2K
SHARES

२६ वैशाख काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गराउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पुगेका छन् ।बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार वीर अस्पतालमा रहेको सर्वसाधारणले उपचार गर्ने ठाउँमा अस्पतालका डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले चेकजाँच तथा उपचार गरिरहेको छ ।