खोलाले बगाउँदा एक जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३० २०८१
3.3K
SHARES

३० वैशाख कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वार्ड ७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो ।

दाउरा सङ्कलन गर्ने क्रममा आज कोइली खोलामा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।

उनी खोलामा बाढीले बगाएर ल्याएका दाउरा टिप्न श्रीमानसँगै गएकी थिइन् । स्थानीयका अनुसार उनका श्रीमान् श्रीमती मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।  प्रहरीले मृतकको शव निकालेर पोस्ट माटमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ ।