अहिले बैंकिङ प्रणालीमा थुप्रियो पैसा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०८१
2.8K
SHARES

३ जेठ काठमाडौ । बैंक तथा वित्तीय संस्था निक्षेप थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि प्रणालीबाट पैसा तान्न थालेको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो जेठ महिना सुरुआतमै फेरि दोस्रो बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको छ।

केन्द्रीय बैंकले विहीबार जेठ ३ गते निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसअघि जेठ १ गते राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिचेको थियो।