संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
3.9K
SHARES

५ जेठ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहालले आफू उक्त मागबारे सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री दाहालले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताए । बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए ।रमेश लेखक उनले भने,‘ उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । ’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले स‌ंसद अवरुद्ध गर्दै आइरहेको छ ।प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।