आज काठमाडौंमा ३३.६ डिग्री तापक्रम , सबैभन्दा बढी गर्मी कहां ?


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
12.7K
SHARES

५ जेठ काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (हिजो)को तुलनामा यो बढी हो । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो ।

शनिबार धनगढीको अधिकतम तापक्रम ४२.१, दिपायलको ४०.५, वीरेन्द्रनगरको ४०.३, भैरहवाको ३९.८, घोराहीको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.७, दिपायलको ३९.८, वीरेन्द्रनगरको ३८.५, भैरहवाको ४०.२, घोराहीको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको थियो ।