अदालत परिसरमा प्रहरीसँग नेविसंघ कार्यकर्ताको घम्साघम्सी


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
3.2K
SHARES

९ जेठ काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । कडा सुरक्षाबीच उनलाई प्रहरीले म्याद थपको लागि अदालत पुर्याएको हो ।

अदालत बाहिर भने नेविसंघका कार्यकर्ताहरुले सिरोहिया पक्राउविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘सहकारी ठग मूर्दावाद’, ‘प्रतिशोधले कलम झुकाउन पाइँदैन’ जस्ता नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन उल्लेखनीय संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यसअघि सिरोहिया पक्राउविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको थियो ।

काठमाडौँको थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट हिजो साँझ पक्राउ परेका सिरोहियालाई राति नै धनुषा लगिएको थियो । उनीविरुद्ध नागरिकता किर्तेको आरोपमा धनुषा प्रहरीमा उजुरी परेको थियो ।