सिरोहिया अस्पतालमा भर्ना


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १२ २०८१
2.7K
SHARES

११ जेठ जनकपुरधाम । नागरिकता किर्ते सम्बन्धी कसुरमा प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

सिरोहिया भर्ना भएको काव्या अस्पताल सुविधासम्पन्न मानिन्छ । सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको बुझिएको छ ।उच्च रक्तचापको समस्या देखिएपछि हामीले राति प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगियो ।’ स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा लिइने उनको भनाई छ ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।