बजेट भाषण ३ बजेलाई सर्‍यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १५ २०८१
2K
SHARES

१५ जेठ काठमाडौं । मङ्गलवार १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ । सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।