प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
3.8K
SHARES

१७ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ।

यता कांग्रेस सभापति देउवाले सोमबार पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।