बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो – परराष्ट्रमन्त्री श्रेष्ठ
२० असार काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बीआरआई परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताएका हुन् ।
उनले बीआरआई परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजना अघि बढाउने व्यवस्था गरिएको पनि बताए । दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल-चीनबीच समझदारी भइसकेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले बीआरआई परियोजनाको इम्पिलिमेन्टेसन प्लानलाई स्वीकार गरेर अघि बढ्ने पनि बताए ।