२८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८१
4.5K
SHARES

२१ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् । असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले आफूले विश्वासको मतको सामना गर्ने बताएका थिए । कांग्रेस र एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।