प्रधानमन्त्री विरूद्ध विगतमा कांग्रेसले उठाएको मुद्दा त्यसै थन्काउँदैन – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ५ २०८१
6K
SHARES

५ साउन काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूहरुले उठाएको मुद्दामा सहकार्य गरेपनि मौन नबस्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीको बिषयमा आफूहरुले उठाएको मुद्दा कांग्रेसले नथन्काउने बताए।

उनले भने, ‘ओली सरकारलाई सफल बनाउँन हामी कांग्रेसले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन। उहाँहरुको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन।’

नयाँ सरकार बनेर नेपाललाई नविन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको बताए।उनले अगाडि भने, ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ। मैले यहाँ भन्नुपर्छ माओवादी खरो ढंगले नै प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ। रास्वपाले पनि बन्नुपर्छ।