युवा बेरोजगारीदर विश्वभर १५ वर्षयताकै खराब – आईएलओ


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
2.1K
SHARES

२९ साउन काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ । यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर आर्थिक सुधारको लाभ असमान छ । खासगरी एसिया प्रशान्त र अरब देशहरुमा महिलाहरु लाभबाट बन्चित छन् ।

सोमबार सार्वजनिक आईएलओको एक रिपोर्टमा लेखिएको छ, ‘विश्वभर लाखौं युवाहरुको राम्रो पारिश्रमिकयुक्त काम पाउने आकांक्षामा बाधा पुगेको छ ।’रिपोर्टमा लेखिएअनुसार सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको छ । यो सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको दरभन्दा कम हो ।

आईएलओको रोजगार विश्लेषण तथा सार्वजनिक नीतिको प्रमुख सारा ऐल्डरले भनेकी छन्, ‘पूर्वी एसियामा ४.३ प्रतिशतभन्दा बढी, अरब देशमा १ प्रतिशतभन्दा बढी तथा दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा १ प्रतिशतको दरले युवा बेरोजगारीको दर बढिरहेको छ ।