बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
3.6K
SHARES

३१ साउन काठमाडौं । सिन्धुलीमा केही बेरअघि बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।

‘वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो,’ एसपी काफ्लेले भने, ‘म अहिले घटनास्थलमै छु। घाइतेको उद्धारको काम चलिरहेको छ।’

उनले मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको बताए।  घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। दुर्घटनापछि अहिले वीपी राजमार्गमा यातायात अवरुद्ध छ।