भैरहवा र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको तयारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
2.8K
SHARES

३१ साउन काठमाडौं । सरकारले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि सरकारले टिकटदेखि इन्धनसम्ममा सहुलियत दिने भएको छ । कार्यदलले दिएको सुझावका आधारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्री र पदाधिकारीको बेठकले यस्तो तयारी गरेको हो ।

जसअन्तर्गत हवाई टिकट, हवाई इन्धन तथा ग्राउन्ड ह्याण्डलिङसम्ममा सहुलियत दिने सरकारको तयारी छ । यस्तो सुविधा २०८३ भदौसम्म दिइने भएको छ ।

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न उच्चस्तरीय छलफल गरेका थिए । प्रचण्डले त्यसबेला त्यसको गम्भीरतापूर्वक तयारी गरी पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए ।