सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको हो – प्रहरी


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १ २०८१
3.1K
SHARES

१ भदौ काठमाडौं । पशुपति मन्दिर परिसरमा आयोजित कोटिहोम स्थलमा शुक्रबार राति प्रहरी प्रवेश गर्दा तनाव सिर्जना भयो । काठमाडौं प्रहरी परिसरबाट प्रहरीले कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजय कृष्णमुर्तिको खोजी गरेका थिए ।

समर्थकहरुको हुलहुज्जतपछि प्रहरी रित्तोहात फर्किनुपर्यो । कोटिहोम एक महिनासम्म चल्दा कुनै हस्तक्षेप नगरेको प्रहरीेले समापनपश्चात किन धरपकड गर्न खोज्यो ? यस विषयमा सोध्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको बताए ।उनले भने, ‘पक्राउ गर्न होइन, सोधपुछका लागि मात्र गएका हाैं।’

रजौरेका अनुसार भण्डारीले प्रहरीबाट लिएको चारित्रक प्रमाणपत्रका विषयमा प्रहरीले सोधपुछ गर्न चाहेको हो । ठगी मुद्दामा दोषि प्रमाणित भएर जेल सजाय भुक्तानीसमेत गरेका कृष्णमुर्तिले  प्रहरीबाट चरित्रको प्रमाणपत्र लिएको सार्वजनिक भएको छ ।

दियोपोस्ट डट कमले प्रकाशित गरेको चारित्रिक प्रमाणपत्रमा प्रहरी प्रधान कार्यालयका निरिक्षक उद्धव पोखरेलको हस्ताक्षर देखिन्छ ।अपराधिक पृष्ठभूमिका व्यक्तिलाई उनको मुद्दाबारे केही उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइनु शंकास्पद मानिएको थियो ।