क्रान्तिकारी पार्टी बनाऔं – नेता श्रेष्ठ
१ भदौ काठमाडौ ।नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखा परेको बताएका छन्। पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा उनले अन्तर संघर्षलाई अतिरञ्जित बनाउन नहुने धारणा राखेका छन्।
उनले भने, ‘हाम्रो पार्टी प्रदूषण र भ्रष्टाचारको समस्या देखा परिरहेको बेला उहाँजस्ता पात्र राखेर सोच्नुपर्ने भएको छ। बोगटीजस्ता पात्र शिक्षा र प्रेरणा लिनुपर्छ।’
विचार र नेतृत्वमा प्रष्ट हुँदै अगाडि बढाएर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ। अहिले पार्टी एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई सुदृढ र नेतृत्वलाई बढाएर गोलबद्ध हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ।
‘हाम्रो निश्चित रुपमा चुनौती र अवसर दुवै रहेको छ। उनले भने बेदाग भएर हामी सरकारबाट बाहिर निस्केका छौं।’ उनले भने,‘पार्टीलाई एकताबद्ध गर्ने हो। नेतृत्व वरिपरि गोलबद्ध हुने हो र अझ सुदृढ गर्ने हो। विचारलाई अझ विकास गर्ने हो। क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ।’
उनले पार्टीलाई अन्य दलसँग एकता र सहकार्य गरेर अगाडि बढाउनुपर्ने बताए। उनले जनतासँग गएर जन संघर्ष गर्नुपर्ने बताए।