छिट्टै ठूलो आन्दोलन आउनेवाला छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १ २०८१
12.5K
SHARES

१ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा छिट्टै ठूलो आन्दोलन आउन लागेको दाबी गरेका छन्। रुकुम पश्चिम-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आन्दोलनका निम्ति पार्टी पंक्ति एकढिक्का हुनुपर्ने बताए।

‘नेपालमा छिट्टै एउटा ठूलो आन्दोलन आउनेवाला छ। त्यो आन्दोलनको नेतृत्व वामपन्थी प्रगतिशीलले गर्ने हुन् कि दक्षिणपन्थी अराजकतावादीले गर्ने हुन्? यो सबाल पेचिलो भएको छ। यो कुरा हामीले विचार गर्नुपर्ने छ,’ अध्यक्ष दाहालले भने।

उनले विसं २०६२ सालमा चुनवाङ्ग बैठकमा भनेको कुरा अहिले आएर सत्य भएको दाबी गरे। उनले गणतन्त्र जनताका लागि भन्दा पनि बुर्जुवाका लागि आएको निष्कर्ष निकाले।

‘मैले चुनवाङ्ग बैठकमा भनेको थिएँ- गणतन्त्र नेपालमा आयो आयो। तर, जनताको हुन्छ कि बुर्जुवाको हुन्छ? गम्भीर प्रश्न उब्जिएको छ। त्यो बैठकमा मैले जे भविष्यवाणी गरेको थिएँ, अहिले त्यसकै लागि लडाइँ गर्ने बेला आएको छ,’ उनले भने, ‘पार्टीले एकपटक फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ। जसका लागि पार्टी एकताबद्ध गर्नुपर्ने छ। यो चुनौती हाम्रोसामु छ।’