प्रधानमन्त्री ओली अस्वस्थ


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१
4.8K
SHARES

२० कात्तिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्द गरेका छन् ।सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएका छ ।

हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।