मन्त्री अधिकारीले राजीनामा दिँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
5.3K
SHARES

२१ कात्तिक विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेका हुन् ।उनले राजीनामा दिने विषयमा अहिले केहिबेरमा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।

उनी जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै गत कार्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको श्रोतले जनाएको छ ।