भैरहवा–पोखरा उडान गर्दै यती एयरलाइन्स


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१
2.5K
SHARES

२६ कात्तिक काठमाडौं । यती एयरलाइन्सले मंगलबार (भोलि)देखि दैनिक रूपमा भैरहवा–पोखरा–भैरहवा उडान गर्ने भएको छ ।भैरहवा–पोखराको उडान समय बिहान ११ः०५ बजे कायम गरिएको छ । पोखरा–भैरहवाको उडान समय बिहान ११ः४५ बजे कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।उक्त रुटमा हाललाई एकतर्फी प्रतियात्रु हवाई भाडा दुई हजार ५०० रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।