अब कहिल्यै नझुक्किने प्रण गरेको छु – डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
3.2K
SHARES

२७ कार्तिक काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कहिल्यै नझुक्किने प्रण गरेको बताएका छन्। प्रचण्डले सबैलाई सबैलाई सधैंभर झुक्क्याउन खोजेको उनको भनाइ छ।उनले भनेका छन्, ‘प्रसिद्ध भनाइ छ, सबैलाई केही समय झुक्क्याउन सकिन्छस केहीलाई सधैंभर झुक्क्याउन सकिन्छस तर सबैलाई सधैंभर झुक्क्याउन सकिन्न। परन्तु लामो सत्ताले मदहोश भएका प्रचण्ड जस्ता केही मान्छे ठान्दछान्, सबैलाई सधैंभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो।’

उनले प्रचण्डलाई ३५ वर्षको प्रत्यक्ष अनुभव गरेको भन्दै गम्भीर आत्मसमीक्षा सहित अब सहकार्य हुन नसक्ने बताए।उनले थपेका छन्, ‘अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैं सोच्ने कुरा हो। मैले त ३५ वर्षको प्रत्यक्ष अनुभवपछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।