मेयरको कार्यकक्षमा वडाध्यक्षले गरे तोडफोड


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2.8K
SHARES

२ मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड भएको छ।वडा नम्बर ३ का अध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्ष तोडफोड गरेको आरोप लागेको हो।यो घटना शुक्रबार अपराह्न ३ बजेतिरको हो। कार्यवाहक मेयर शाक्य र वडाध्यक्षहरूबीच सचिवालयमा छलफल भइरहेको बेला वडाध्यक्ष महर्जनले तोडफोड गरेका थिए।

वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतसँग भेट्न खोजेको र समय निदएको भन्दै टेबलमा प्रहार गरेका थिए। वडाध्यक्ष महर्जनले टेबलमा प्रहार गर्दा टेबलका सिसा फुटेको छ।कार्यवाहक मेयर शाक्यले पनि वडाध्यक्षले तोडफोड गरेको बताइन्।

‘एक जना जनप्रतिनिधिले नै सरकारी सम्पत्तिमाथि तोडफोड गर्ने काम गर्नुभयो,’ उनले भनिन्, ‘प्रशासकीय अधिकृत पनि शाखा अधिकृतहरूसँग छलफलमा व्यस्त हुनुहुन्थ्यो। समय लिनुभएको पनि थिएन। त्यही केहीबेर कुर्नुपरेको विषय हो। म पनि उहाँहरूसँगै बसिरहेको थिएँ। मलाई नै लक्षित गरी उहाँले खुट्टाले टेबलमा प्रहार गर्नुभयो।