प्रधानमन्त्रीले खिसिट्युरी गर्नुभयो – रास्वपा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
4.5K
SHARES

२ मंसिर काठमाडौं । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय उपलब्ध नगराएपछि आफूहरुले दोस्रो चरणको आन्दोलन पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपरेको जनाएको छ । रास्वपाले पत्रकार सम्मेलन गर्दै मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन घोषणा गरेको जनाएको छ ।

सो पार्टीका कार्यवाहक महामन्त्री मनिष झाले पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र बुझाउन आउँदैछन् क्यारे, तस्बिरसहित समाचार दिउँला भनेर खिसिट्युरी गर्नुभयो, तर हामीलाई पाँच मिनेट पनि समय दिनुभएन ।”