पूर्वसभामुखको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
3.1K
SHARES

३ मंसिर काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।आज विहान बसेकाे मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो ।

यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।