फर्निचर कारखाना आगलागीमा ध्वस्त


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
1.9K
SHARES

३ मंसिर काठमाडौं । नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ ।काठमाडौं महानगरको दमकलले अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।