माओवादी पदाधिकारी बैठक बस्दै, यस्तो छ एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०८१
3.6K
SHARES

४ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।

बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ ।

केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।