नेका-एमाले गठबन्धन : माओवादी केन्द्र निर्विरोध निर्वाचित
५ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा खाता खोलेको छ । माओवादी उम्मेदवार विरुद्ध गठबन्धन बनाएरै लडेका सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले भने । साे वडामा नेकपा एमालेका उम्मेदवार जीवन राेकाले माअाेवादीकै घर्तीलाइ सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् । दुइ पार्टीबाहेक अन्य उम्मेदवार साे वडामा थिएनन् ।