जागरण सभाका ‘कमाण्डर’ भट्टराई कम्बोडिया उडे


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०८१
4.6K
SHARES

५ मंसिर काठमाडौँ । निराशा चिर्ने र उत्साह जगाउने भन्दै नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई कम्बोडिया उडेका छन् ।

क्यम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु’, भट्टराईले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी अनुपस्थितिमा क. कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु ।’