म माथि लगाइएको आरोप चर्चा गर्न लायक पनि छैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०८१
2.8K
SHARES

७ मंसिर काठमाडौं । मंप्रधानमन्त्री केपी शर्मा ओलीले  कम्बोडियाको टेलिकममा क–कसको लगानी छ भन्ने सहजै थाहा पाउन सकिने बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भएको बताए ।“कम्बोडिया भन्ने देश त्यहीँ छ, चारघण्टाभित्र फ्लाइटमा पुगिन्छ । त्यहाँको लगानीमा क–कसको लगानी भन्ने थाहा पाउन नसकिने अनौठो कुरा हो र ? थाहा पाउन सकिने कुरा हो । यस्ता कुरालई भ्रमपूर्ण फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भइरहेका छन्,” ओलीले भने ।कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रम फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परिसकेका छन् ।

ओलीले आफूमाथि लगाएको आरोप चर्चा गर्न लायक नभएको पनि बताए । उनले कसले कति कमाएको छ भन्ने जनताले देखेको बताए ।आफू बदमासी गरेर अरूको टाउकोमा खन्याएको आरोप उनको छ । उनले केही मान्छे आफैैँ रुमल्लिएको बताए ।