एमाले नेतृत्वसँग जोडिने काण्डहरूको छानबिन गरौं – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०८१
2.7K
SHARES

७ मंसिर काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् ।दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् ।एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको उनले बताए । ‘छानबिन गरौं न, के फरक पर्छ !’, उनले भने ।

महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे । अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताए ।‘त्यहाँ लगानी प्रमाणित गरे यसैलाई थपेर दिने सार्वजनिक रुपमा भनिसक्नु भएको छ’, पोखरेलले भने ।